‘बोक्सीको घर’ले दुई दिनमा कति कमायो ?

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ | फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

गत शुक्रबारदेखि हलमा रिलिज भएको फिल्मले दुई दिनमा दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।


फिल्मले दुई दिनमा २ करोड १५ लाख रुपैयाँ कमाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए ।

बक्सअफिसमा आक्रामक देखिएको फिल्मले राम्रो कमाई गर्ने अनुमान गरिएको छ ।

फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । भारतीकै लेखन रहेको सिनेमामा सोही नामको नाटकमा आधारित रहेको छ।

सिनेमामा केकी अधिकारी, सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलियाको मुख्य भूमिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!