प्रदीपको ‘ऐरी’ मा बलिउडका अभिनेता साङ्गे फाइनल

Posted on: 02 May, 2024

बैसाख २०, काठमाडौँ । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । नेपाली चलचित्र ‘ऐरी’मा उनले काम गर्ने भएका हुन् । सांगे र चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापाबीच बुधबार लिखित सम्झौता भएको छ । 

उनले नेपाली सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले भने, “मैले यो फिल्ममा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । मलाई योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पूरा हुँदै छ ।” 


नायक प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । यो चलचित्र नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । ‘ऐरी’मा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ । 

 निर्माणपक्षले अब कलाकारहरुलाई अनुवन्धित गर्ने कामलाई अगाडि बढाएको बताए ।यो फिल्मका लागि अभिनेता प्रदिप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन् ।

फिल्म ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ पनि निकै छ । यसैले, नेपाली फिल्ममा उनको प्रवेशले नेपालीसँगै भारतीय दर्शकलाई पनि उत्साहित बनाउने पक्का छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!