ब्राजिल बाढी : ७५ जनाको मृत्यु, १ सय ५५ जना घाइते

Posted on: 06 May, 2024

बैशाख २४, एजेन्सी | ब्राजिलको दक्षिणी भेगमा अत्यधिक वर्षापछिको बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ। बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

शनिबारदेखि भइरहेको भारी वर्षापछिको बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने २५ हजारभन्दा बढी मानिस विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। अझै केही दिन वर्षा हुने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ। 

अत्यधिक वर्षापछिको बाढीका कारण ५ लाखभन्दा बढी मानिसले सफा पानी र बिजुली कटौतीको सामना गर्नुपरेको बताइएको छ। बाढीबाट देशभरका करिब २५० सहर प्रभावित भएको र कयौँ सडक तथा पुल भत्किएको बीबीसीले जनाएको छ। 

बेन्टो गोन्काल्भेसमा रहेको एउटा बाँध नजिक पहिरो जाँदा ३० जनाको मृत्यु भएको र बाँध टुट्ने जोखिममा रहेको एजेन्सीहरुले जनाएका छन् । यो बाँध टुटे हजारौँ मानिस जोखिममा पर्नेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!