आफूलाई सलाम नगरेको भन्दै सिंहदरबारभित्रै प्रहरी हवल्दारले जवानलाई थप्पड हानेपछि..

Posted on: 09 Apr, 2024

चैत २७, काठमाडौँ । सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक जना प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई थप्पड हानेका छन् ।

 अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवल्दार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अंगरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयमै थप्पड हानेको प्रहरी स्रोतले बताएको छ । 

मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले जनाएको छ ।

यसैबीच सिंहदरबार गणबाट बिदा भएर जान लागेका एसपी सन्तोष तामाङले प्रहरी जवान सिंह कुटिएको प्रतिवेदन आफूले पाएको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा जानकारी गराइएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!