मन्त्रीपरिषद बैठक पछि प्रधानमन्त्री प्रचण्ड एमालेको कार्यक्रममा जाने

Posted on: 22 Apr, 2024

बैशाख १०, काठमाडौं | मन्त्री परिषद बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको सो बैठकले मुख्यतः अर्को साता सुरू हुन लागेको लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ । 

आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।

सो बैठक पछि प्रधानमन्त्री प्रचण्ड सत्ताका प्रमुख सहयोगी नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रममा सहभागी हुनका लागि जानेछन । जहाँ पुर्व राष्ट्रपति बिधादेवी भण्डारीलाइ पहिलो पटक ‘गणतन्त्रको गौरव’ सम्मान गरिदैँछ ।

जहाँ प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित हुदैँछन् । जुन कार्यक्रम अपरान्ह १२ बजेवाट सुरू हुदैँछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!