इलाम-२ मतगणना :डम्बर खड्कालाई पछ्याउँदै सुहाङ

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणाम आएको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना भइरहेको छ।

हालसम्मको गणनामा नेपाली कांग्रेसका डम्बर खतिवडा अगाडि देखिएका छन्। दोस्रोमा नेकपा एमालेका सुहाङ नेम्बाङ छन् भने तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बू भने प्रारम्भिक मतपरिणाममा चौथो स्थानमा छन्।

इलामको फाकफोकथुम गाउँपालिकाका मतपेटिका खोलेर गणना सुरू गरिएको हो। फाकफोकथुमको वडा नम्बर १ र २ बाट गणना थालिएको छ।

अहिले वडा नम्बर १ को मतगणना गरिएको हो। 

बिहान बसेको सर्वदलीय बैठकमा क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति जुटेको थियो।

डम्बर खड्का (कांग्रेस)- ११४५

सुहाङ नेम्बाङ (एमाले)-१०६३

डकेन्द्रसिंह थेगिम (स्वतन्त्र, मुढा)- ३११

मिलन लिम्बु (रास्वपा)- २०९


यस बिषयमा तपाइको प्रतिक्रिया...!