विश्वको उत्कृष्ट ५० क्लबमा एलओडी

Posted on: 07 May, 2024

बैशाख २५, काठमाडौँ । ठमेलस्थित एलओडी नाइट क्लब फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औँ स्थानमा परेको छ । केही समय अघि क्लब ‘डिजे म्याग टप १००’को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औँ स्थानमा परेको हो ।

यसअघि क्लब ४९ र ५२ औँ स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो ।


यसअघि सन् २०२२ का लागि ‘एलओडी’ सय क्लबले ५२ औँ स्थानमा प्रवेश पाएको थियो । यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५० औँ स्थानमा पर्न सफल भएको क्लबका अध्यक्ष रूदीप बल्ल श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार क्याम्पियनमा पाँच सय क्लब सहभागी भएका थिए । केही दिनअघि  विश्वका उत्कृष्ट क्लबहरूको श्रेणी स्थान सार्वजनिक गरिएको हो । सय वटा उत्कृष्ट सय क्लबको सयौँभित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठको भनाइ छ ।

सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएको छ । ठमेलका व्यवसायी पनि उत्साहित छन् । एलओडी क्लब आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!