काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ | काठमाडौँको सोल्टी मोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ । 

शनिबार बिहान बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो । 

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!