ऋषव पन्तलाई १९ लाख जरीवाना

Posted on: 01 Apr, 2024

चैत १९, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० बजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ । आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो । 


पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन् । आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो । टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो । यो खेलपछि डिसीका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

आईपीएलको यस सिजनमा यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको थियो । चेन्नईविरुद्धकै खेलमा गिललाई पनि स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!