आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ को ८ औँ विकेट पनि पतन

Posted on: 03 Apr, 2024

चैत २१,  काठमाडौँ । नेपाल ‘ए’ ले सङ्घर्षपूर्ण सय रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले ८ विकेट गुमाएर सय रन पूरा गरेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमध्ये ३८.३ ओभर खेल्दै १५७ रन बनायो। १५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाली टोलीले खराब प्रदर्शन गर्दै ८ विकेटको क्षतिमा १०० रन कटाएको छ।


नेपालको पारी सम्हाल्दै खेलिरहेका बसिर अहमद र साहब आलमले नेपालको सय रन कटाएका हुन्। सय रन कटाउँदै बसिर भने आउट भएका छन्। योसँगै नेपालको आठौँ विकेट पतन भएको छ।

हाल १८ ओभरको खेल सकिँदा नेपाल ८ विकेटको क्षतिमा १०३ रन बनाएर खेलिरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!