ऋषव पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ ।

गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु अर्थात ३८ लाख ४० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको हो ।

यसअघि चेन्नई सुपर किंग्सविरुद्धको खेलमा पनि ऋषवलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो । तर यो सिजनको पहिलो गल्ती भएकाले १२ लाख जरिवाना गरिएको थियो ।


पन्त बाहेक यस खेलमा प्लेइङ–११ मा रहेका दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयर समेत रहेका खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ । विशाखापट्टनममा सम्पन्न सो खेलमा दिल्ली कोलकोतासँग १०६ रनको फराकिलो अन्तरले हार बेहोरेको थियो ।

यस आईपीएलमा यस अघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको छ । उनलाई चेन्नई सुपर किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!