टेस्लाले थप २६ सय कर्मचारी हटाउने

Posted on: 24 Apr, 2024

बैशाख १२, टेक्सास | एलन मस्कको कम्पनि टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ ।

यसैबिच, टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।


इलेक्ट्रिक वाहन निर्माण कम्पनिले एक सुचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सबन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।

१९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानून हो जसमा १०० वा सो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । सोही कानुन अनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!