युवायुवती भागेर गएको विषयमा प्रदर्शन, प्रहरीद्वारा ९ राउन्ड अश्रुग्याँस प्रहार

Posted on: 25 Apr, 2024

बैशाख १३, काठमाडौँ ।  दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।

प्रहरीका अनुसार करिब दुई साता अघि धनुषाको औरही गाउँपालिका–१ पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।


प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको ठुलो गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको र अहिले स्थिति नियन्त्रणमा आइसेको एक प्रहरीले बताएका छन्। तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

धनुषा प्रहरीले केही दिन अघि युवकहरूको बाबुलाई ल्याएर यस विषयमा दुई पक्षलाई राखेर छलफल गरेको थियो। युवकका बुवाहरूले छोराछोरी खोज्न सहयोग गर्ने प्रतिवद्घता जनाएपछि प्रहरी बुवाहरूलाई छाडेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!