फास्ट ट्र्याकबाट कानून बनाएर सहकारीको समस्या समाधान गर्ने सरकारको निर्णय

Posted on: 25 Apr, 2024

बैशाख १३,  काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा आज सहकारी सम्बन्धी छलफल भएको छ ।

सञ्चारमन्त्री रेखा शर्माले बैठकमा सहकारीमा देखिएको समस्या समाधानका विषयमा गम्भीरतापूर्वक छलफल भएको बताइन् ।


पछिल्लो समय सहकारीले बचतकर्ताको बचत नै फिर्ता गर्न नसकेको अवस्था छ । अधिकांश सहकारी समस्यामा पर्दा सरकारले अब भने कानून नै बनाएर समस्या समाधान गर्ने बताएको छ ।

पहिला पनि संयन्त्र बनाउने छलफल गर्ने काम भएको थियो । तर त्यसले समस्या मात्र देखाउन समाधान भने हुन सकेको थिएन् ।

अब भने सामान्य नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्ने मन्त्री शर्माले बताइन् ।

सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्र्याकबाट ल्याउने सहमति मन्त्रीहरू बिच भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!