डेढ किलो बढी सुन र झन्डै डेढ करोड नगदसहित काठमाडौँबाट ७ जना पक्राउ

Posted on: 26 Apr, 2024

बैशाख १४, काठमाडौँ । डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।


पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।

सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!