विमानस्थलबाट कस्तुरीको बिनासहित कोरियन नागरिक पक्राउ

Posted on: 29 Jun, 2022

असार १५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कस्तुरीको बिना सहित कोरियन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिण कोरिया घर भएका जुङ्ग जुन छन् । काठमाडौंबाट कोरिय फर्किन लागेका जुनको लगेजमा दुइवटा कस्तुरीको बिना जस्तो देखिने बस्तु भेटिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भिम प्रसाद ढकालले बताए । दुइवटा बिनाको तौला ७१६ ग्राम छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालय काठमाडौंमा पठाउने एसएसपी ढकालले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!