नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग ४० रनले पराजित

Posted on: 30 Mar, 2024

चैत १७, काठमाडौँ | आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई ४० रनले पराजति गरेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको लक्ष्य पछाएको नेपालले १७.५ ओभरमा अल आउट हुदै १८४ रन मात्रै बनाउन सके । 

नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए । बमले १३ बलमा २५ रन बनाएका थिए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए । त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए । उनले ७ चौका हिर्काएका थिए । कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको बनाएका थिए । 

आयरल्याण्डका लागि बेन ह्वाइटले ३ विकेट लिए । त्यस्तै, फियोन ह्याण्ड र थोमस मोयसले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको बनाएका थिए । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काएका थिए । कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेलेका थिए । उनले एक चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिएका थिए ।

नेपालका लागि बलर सागर ढकालले ३ विकेट लिएका थिए । कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिएका थिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २-० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!