राजस्थानमाथि गुजरात ३ विकेटले विजयी

Posted on: 11 Apr, 2024

चैत २९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी आइपिएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!