एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हरायो

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौँ । कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो ।


बर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिंग गरेको मलेसियाले १८ ओभरमा ६ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

कतारको यो तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि कतार २ अंकसहित समुह ए मा चौथो स्थानमा रहेको छ । त्यस्तै मलेसियाको यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको मलेसिया तेस्रो स्थानमा रहेको छ ।

समुह ए मा नेपालले ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!