सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ | आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । 

आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।   

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ । 

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!