नेपाललाई दोस्रो झट्का, आसिफ शेख अर्ध शतक बनाएर आउट

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध  नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका लागि आसिफ शेख अर्ध शतक बनाएर आउट भएका हुन् | उनि वेस्ट इन्डिजका बलर ओबेद म्याककोयको बलमा लङअनमा सट खेल्न खोजेपनि ब्याटमा राम्रोसँग कनेक्ट नभएपछि क्याच हुन पुगे । आसिफले ३५ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । दोस्रो विकेटका लागि अनिल र आसिफको ९६ रनको साझेदारी पनि तोडिएको छ । 

नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा ११३ रन बनाएको छ ।  वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!