पञ्जाबमा बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौं | पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो ।

यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।


सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मानवी मृत्यु हुनुभन्दा केही घण्टाअघि केक काटेर आफनो परिवारसँग उत्सव मनाउँदै गरेको देखिन्छ । यो घटना मार्च २४ को साँझको हो ।

बालिकाका हजुरबुवाका अनुसार उक्त दिन साँझ ७ बजे बालिकाको जन्मदिनको उत्सव मनाइएको थियो । केक खाएपछि राति १० बजेसम्म घरका सबै जना बिरामी परे ।

दुई छोरीहरुले बान्ता गर्न थाले । बान्तापछि कान्छी छोरी प्रेमन बाँचिन् । तर मानवीको स्वास्थ्य झनै बिग्रयो । उनलाई तत्कालै अस्पताल पनि लगियो । तर बचाउन भने सकिएन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!