महाधिवेशन प्रतिनिध कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा

Posted on: 08 May, 2022

वैशाख २५, लमजुङ | स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएकाे छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् ।

श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई  कांग्रेसको संशाेधित विधान अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाे कांग्रेस लमजुङ सभापति डा. टकराज गुरुङले बताए । 

मिश्रले सुन्दरबजार नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!