४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङमा कांग्रेस र एमालेको बराबर शक्ति

५ जेष्ठ २०७९, बिहीबार ०५:०६

जेठ ५, लमजुङ | लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् ।

सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः निर्वाचित भएका छन् । उपमेयरमा पद्मा गुरुङ निर्वाचित भएकी छन् । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचित भएका हुन् ।

गुमानसिंहले यसपटक सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका छन् । अर्यालले ९ हजार ४ सय ७९ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतले हराएकी पदमाले ८ हजार ७ सय १४ मत पाएकी छन् । श्रीकान्तले ७ हजार ४ सय ७१ मत पाएका छन् । हरिजंगले ४ हजार ६ सय ९९ मत पाएका छन् । गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाएका छन् ।

राइनास नगरपालिका मेयरमा कांग्रेसका खड्गबहादुर गुरुङ विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल विजयी भए । गुरुङले ५ हजार ८ सय २६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत ल्याए । ५ वर्ष राइनास नगरपालिका मेयर रहेका  सिंहबहादुरलाई यसपटक खड्गबहादुरले हराएका हुन् ।

उपमेयरमा निर्वाचित खनालले ५ हजार ८ सय ८६ मत पाएका छन् । प्रतिद्वन्द्वी एमालेकी शोभा पन्थीले ३ हजार २ सय ३४ मत ल्याएकी छन् । 

सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् । उपमेयरमा एमालेकी भवानी केसी निर्वाचित भएकी छन् । विजयी कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउँदा । निकटम प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याए ।  एमालेका भवानी केसीले ५ हजार १८ मत ल्याएर विजयी हुँदा  निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याए ।

मध्यनेपाल नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । एमाले उम्मेदवार राजकुमार श्रेष्ठलाई ३ सय ३७ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । पाण्डेले ६ हजार ५ सय ५२ मत पाए भने श्रेष्ठले ६ हजार २ सय १४ मत पाए ।  उपमेयरमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई १ हजार ३ सय ४२ मत अन्तरले हराउँदै विजयी भएकी छन् । सीताले ६ हजार ४ सय १६ मत प्राप्त गरिन् । माओवादी केन्द्रका उपेन्द्रले ५ हजार ६५ मत पाए । 

दोर्दी गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लालबहादुर गुरुङलाई हराउँदै एमालेका युवराज अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । लालबहादुरलाई ८७ मतअन्तरले हराउँदै आगामी ५ वर्षका लागि दोर्दी गाउँपालिका अध्यक्षमा युवराज निर्वाचित भएका हुन् । युवराजले ४ हजार ७ सय ३८ मत ल्याए । लालबहादुरले ४ हजार ६ सय ५१ मत ल्याए । उपाध्यक्षमा गठबन्धन उम्मेदवार, कांग्रेस दोर्दी गाउँपालिका सभापति समेत रहेका विच्छबहादुर घले ४ हजार ९ सय ५८ मतका साथ विजयी भएका छन् । प्रतिद्धन्दी एमालेकी उषा गुरुङले ४ हजार १ सय ९० मत ल्याएकी छन् । विच्छबहादुर र उषाको मत ८ सय ४८ को फरक छ  । 

मर्स्याङदी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई अर्जुन गुरुङ मेयरमा निर्वाचित भएका हुन् ।यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका अर्जुन पुनः निर्वाचित भएका हुन् । अर्जुनले ६ हजार १ सय ३० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथले ४ हजार ३ सय ६९ मत ल्याए । 

उपाध्यक्षमा एमालेका जुनामाया थापा ५ हजार ८ सय ९५ मत ल्याएर विजयी भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएका छन् । 

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको छ । अध्यक्षमा सूर्यप्रसाद गुरुङ ३ हजार ८ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत ल्याए ।  उपाध्यक्षमा गमी गुरुङ ३ हजार ९ सय ८९ मत ल्याएर  वियजी भएकी छन् । कांग्रेसकी सिर्जना गुरुङले २ हजार ३ सय ४० मत पाएकी छन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको हो ।

दूधपोखरी गाउँपालिकामा गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाएका छन् । उपाध्यक्षका प्रत्यासी एमालेकी कृष्णमाया गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ