दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकुरी प्रहार गर्दा ६० वर्षीय बाबुको मृत्यु

Posted on: 08 Oct, 2023

असोज २१, लमजुङ | लमजुङमा दाह्री काट्ने मेसिन नदिएको विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बाबुको ज्यान लिएका छन् । क्व्होलासोथार गाउँपालिका-९ टक्सारमा असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुरलाई खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले सुजनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!