मोटरसाइकल दुर्घटनामा २५ वर्षीय युवककाे मृत्यु

Posted on: 24 Sep, 2023

असोज ७, लमजुङ | लमजुङको बेँसीसहरमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकले ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका– ५, बालुवाथान घर भई हाल बेँसीसहर नगरपालिका– ३, रानीकुवा बस्दै आएका २५ वर्षीय मनीष श्रेष्ठ रहेका छन्।

गएराति अन्दाजी  साढे ११ बजे श्रेष्ठले चलाएको ना.४७प ६४६९ नम्बरको मोटरसाइकल बेँसीसहर नपा– ७ गैरीधारानजिकै रोकिरहेको ग.२त ३८४२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि उनलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा राति १२ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए। श्रेष्ठको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!