बलात्कार आराेपमा एकजना पक्राउ

Posted on: 18 Feb, 2024

फागुन ६, मोरङ | मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् । 

मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!