विराटनगरबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

Posted on: 28 Aug, 2022

भदौ १२, काठमाडौं | विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउदै गरेको ना५ख ५९५५ नम्बरको ट्रक आइतवार बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।

 

सडकबाट करीब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो ।

ईलाका प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीसहित स्थानीयले तत्काल आगो नियन्त्रणमा लिएका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!