कात्तिक १०, काठमाडौं | तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं | तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह क"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी दुरुपयोग गरे लोकमानले प्रहरी

२०७३, १० कार्तिक बुधबार ०२:१९

कात्तिक १०, काठमाडौं | तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो। प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो। निजामति पन्छिन थाले। कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे। निजामतिको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए। जतिखेर आदेश आयो उत्तिनै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा। कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् ।

जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए। उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो।

निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफदार भए। कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए। उनको यही शैलीले छोटो समयमै कार्कीका भित्रिया समूहका सदस्य भएका थिए।

निजी सचिवालयमा कार्यरत उनको अख्तियारका हरेक शाखामा सहजै पहुँचका कारण अनुसन्धानका गोप्य जानकारी समेत लुक्दैनथ्यो। अख्तियारमा आउने उजुरी र छानबिन अवस्थाको जानकारीका लागि प्रहरी संगठनको उपल्लो तहका कर्मचारी उनको भरमा थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा