2026-10-12 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार युवाको साथी बन्दै लगानी पूर्वाधार तथा रोजगार समिति

भदौ २०, काठमाडौँ (रासस)। नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ले बेरोजगार युवालाई आयआर्जनसँग जोड्न थालेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि कोरोना सङ्क्रमण देखिएपछि कोरोनाले विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न स्थापना गरिएको उक्त समिति अहिले देशका विभिन्न जिल्लामा बेरोजगार युवालाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउने अभियानमा जुटेको हो । 

कांग्रेसका सांसद एवं उद्योपति विनोद चौधरीको संयोजकत्वमा रहेको उक्त समितिले बेरोजगार युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउन सहजीकरण गर्दै उनीहरुलाई आयआर्जनसँग जोड्ने काम गरेको हो । समितिले बेरोजगार युवालाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउनका लागि बिना धितो रु २० लाखसम्म सहुलीयत दरमा ऋण उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ । कांग्रेसका नेता एवं समितिका सहसंयोजक दीपक खड्काले कांग्रेसभित्रका बेरोजगार युवालाई रोजगार प्रदान गर्न समितिले पशुपालन, कृषिलगायतका उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । 

“यस अभियानअन्तर्गत धनकुटा, मकवानपुर, बारालगायत जिल्लाका झण्डै २०० बेरोजगार युवालाई उद्योग व्यवसायका लागि सहजीकरण गरिसकेका छौँ”, उहाँले भन्नुभयो । उक्त समितिले २०० युवालाई प्रत्यक्ष सहयोग गरेसँगै झण्डै एक हजार युवाले रोजगारी पाएका छन् । समितिले उक्त अभियानलाई क्रमशः ७७ वटै जिल्लामा सञ्चालन गर्ने सहसंयोजक खड्काको भनाइ छ । 

उत्पादन भएका सामग्रीलाई बजारको समस्या हुने गरेको वर्तमान परिस्थितिमा समितिले आफ्नो अभियानअन्तर्गत उत्पादन भएका सामग्रीलाई बजारीकरणका लागि पनि सहजीकरण गरिदिने भएको छ । यस्तै समितिले आफ्नो अभियानबारे सातवटै प्रदेशका केन्द्रीय तथा जिल्ला सभापतिसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरिसकेको छ । 

उक्त समितिले कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट निस्कन आगामी दिनमा सरकार र निजी क्षेत्रले खेल्ने भूमिका अध्ययन गरी नेपाली कांग्रेस र सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनअनुसार नै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैँकले बजेट र मौद्रिक नीतिमा प्रतिवेदनको सुझावलाई केही हदसम्म समावेश गरेको सहसंयोजक खड्काले बताउनुभयो । बेरोजगार युवालाई रोजगारसँग जोडेसँगै देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने समितिले विश्वास लिएको छ । उक्त कार्यले देशको व्यापार घाटासमेत कम गर्ने समितिको ठहर छ । 

कांग्रेसको विसं २०७७ वैशाख १७ गतेको केन्द्रीयसमितिको निर्णय बमोजिम विसं २०७७ जेठ २ गते गठन भएको समितिमा उद्योगपति चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त विशेष समितिमा खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य रहनुभएको छ । 

उक्त समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दुरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपछि पार्टीको ‘अर्थतन्त्र केन्द्रीत विशेष समिति’ लाई सुझाव दिने र दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोणका साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम