चैत ३०, काठमाडौँ | उद्योग वाणिज्य महासंघको महासंघको मतपत्रमा विवाद हुँदा मतगणना स्थगित भएको छ ।

वरिष्ठ उपाध्यक्षको मतगणना चलिरहेको बेला विवाद भएर स्थगित भएको हो ।

मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना रोकिएको हो ।

विवाद हुनु अघिसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गन्दा रामचन्द्र संघाईले ४ सय ५२ मत ल्याएका छन् । भने अन्जन श्रेष्ठले ४ सय १७ र उमेशलाल श्रेष्ठले ३ सय १७ मत ल्याएका छन् ।

एशोसिएटतर्फको मतगणना भइरहेको छ । महासंघमा एशोसिएटतर्फको कुल मत ३० प्रतिशत हो ।

जिल्ला नगर ५० र बस्तुगत गरेर २० प्रतिशत कुल मतभर हुन्छ ।