२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी

२०७९, ३० चैत्र बिहीबार १०:१८

चैत ३०, काठमाडौँ | मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गर्नुभएको छ । 

बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा मध्यपुर पर्यटक विकास समितिद्वारा वसन्तपुरमा आज आयोजित उक्त प्रदर्शनी शुभारम्भ गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको ऐतिहासिक जात्राको रूपमा रहेको बिस्काः तथा जिब्रो छेड्ने जात्रालाई प्रवर्द्धन गर्न यस्ता प्रर्दशनी महत्वपूर्ण हुने बताउनुभयो । 

“सानो भूभागमा रहेका संस्कृति तथा सम्पदाको प्रवद्र्धन गरी पर्यटकको अभिवृद्धि गर्ने उद्देश्यले पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । फोटो प्रर्दशनीले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ”, उहाँले भन्नुभयो । आजदेखि  सुरु भएको जात्रा तीन दिनसम्म सञ्चालन हुनेछ । जात्राको अन्तिम दिन जिब्रो छेड्ने कार्यक्रम रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले नेपालका कला र संस्कृति संरक्षण गरी पर्यटक प्रवर्द्धन गर्न जरुरी भएको बताउनुभयो । नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले आगामी वर्ष शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखी पालिकाले योजना तय गरिरहेको बताउनुभयो ।

बिस्काः जात्रा सम्बन्धी विभिन्न समयका ९० फोटो प्रदर्शनीमा राखिएकामा जात्रालाई झल्काउने ऐतिहासिक बस्ती, जात्राको पहिचान दिने बाजा, सिन्दुर, खट जात्रा, चिलाख, बालकुमारी माईलगायत कला, संस्कृति तथा पुरातात्विक सम्पदाको फोटो छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै