२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्चमा रिट दर्ता

२०८०, २० बैशाख बुधबार ११:३२

बैशाख २०, काठमाडौँ | अधिवक्ताद्वय राधिका चम्लागाईं र स्वागत नेपालले भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

उनीहरुले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद सचिवालय, अर्थ मन्त्रालय, कानून मन्त्रालयसमेतविरुद्ध रिट दायर गरेका हुन् ।

दर्ता भएको मुद्दा संवैधानिक इजलासबाट हेरिने अधिवक्ता नेपालले जानकारी दिए । उनका अनुसार पेशी बैशाख २७ गतेका लागि तोकिएको छ ।

‘राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने विज्ञप्ति त निकाल्नुभयो । तर, मनलाग्यो भने खर्च राज्यबाट लिने अनि विरोध भयो भने आफैं व्यहोर्छु भन्ने झलनाथदेखि सुजातासम्मको अकुत सम्पत्ति छँदाछँदै राज्यकोष लुट्ने कानून जीवितै छ’, उनले भने, ‘त्यस्ता धेरै कानूनद्वारा धेरै तहका व्यक्तिले देश लुटिरहेका छन् । हामीले केही थोरैको मात्र थाहा पाएका हौं । त्यस्ता कानूनमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक सेवा र सुविधासम्बन्धी ऐनलगायत धेरै छन् । ती र त्यस्ता कानून खारेज गर्न गराउन रिट दर्ता गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने