२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापा

२०८०, २१ श्रावण आईतवार ०६:५९

साउन २१, इटहरी | मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापासामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आइतबार छापा मारेको हो । 

विशेष गरी पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलीले सो ग्रुपमा छापा मारेको हो । कर्मचारीहरूलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । 

पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखा परेका छन् । सर्वसाधारण जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफूहरूले कार्यालयमै गएर छापा मारेको बताए । 'केहि दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आइरहेको कारण हामी त्यहाँ पुगेका हौ' मेयर पौडेलले भने । ग्रुपको सामान बेच्नका लागि उनीहरुले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाइयो । 

जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सतर्कता अपनाउन मेयर पौडेलको आग्रह थियो । ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिसनको लागि कर्मचारीहरूले विज्ञापन गरेको स्वीकार गदै आगामी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए । यसरी सर्वसाधारणलाई झुक्क्याउने काम तत्काल रोक्न भन्दै आगामी दिनमा यस्ता विज्ञापन गरे कारबाही गरिने उनको भनाई थियो । इटहरीमा ठगीका घट्नाको विषयमा आफूहरू चलाखी पूर्ण रूपमा काम गरिरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ