मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहा"/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमै प्रअको मृत्यु घटना : हत्या गरेर झुण्ड्याएको भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२०८०, २० कार्तिक सोमबार ०६:२७

कार्तिक २०, सिरहा | सिरहाको गोलबजारमा विद्यालयमै झुण्डिएको अवस्थामा मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहाको मिर्चैयामा बिहान ९ बजेदेखि साहका परिवार र स्थानीयवासीले घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरिरहेका छन् । उनीहरूको विरोधका कारण सयौं सवारीसाधन अलपत्र परेको छ ।

आइतबार बिहान प्रधानाध्यापक साह गोलबजार नगरपालिका-३ जमदहस्थित विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घटना हुनुअघि विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए । उनको दुवै खुट्टा भुइँमा छोएकोलगायत घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद मानिएको छ ।

घटना ढोकछोप गर्ने प्रयास भएको भन्दै परिवार आन्दोलित बनेका छन् । पति मीनाकुमारी साह राजमार्गमै सुतेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’ को चेतावनीसमेत दिएकी छन् ।

‘घरमा कुनै विवाद भएको थिएन’, उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति गठन भएदेखि सर (श्रीमान् )लाई बढी प्रेसर थियो । समितिले कुनै काम गर्न दिइरहेको थिएन ।’

व्यवस्थापन समितिको दबाबका कारण पति सरुवा हुन खोजेको भन्दै उनले भनिन्, ‘म महिला भएर कहाँ-कहाँ पुगेकी छु । तर, सरुवा भएन । त्यसपछि उहाँले सहायक बनाइदिन भनेपनि कसैले वास्ता गरेनन् ।’

मिर्चैया नगरपालिका-६ का वडाध्यक्ष प्रदीप महासेठले प्रधानाध्यापक साहको हत्या भएको दाबी गरे ।

आन्दोलनमा समेत सहभागी उनले भने, ‘जसरी पनि दोषी पत्ता लगाएर कारबाही गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय