2026-09-15 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी: हत्या अभियोगमा तीन जना पक्राउ, दुर्घटनामा चालकको मृत्यु

कात्तिक ९, नवलपरासी (रासस) | पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ निवासी सहानीको हत्या भएको थियो । सहानीको परिवारजनले इलाका प्रहरी कार्यालयमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा चालकको मृत्यु 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ दुवै मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । 

दुर्घटनामा परी लु५प २१७१ नं को मोटरसाइकल चालक पूर्वी नवलपरासी कावासोती–१२ पिठुवा बस्ने वर्ष २१ का मेनजन गुरौको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ना५९प ८४६४ नं का अर्का मोटरसाइलक चालक पूर्वी नवलपरासी कावासोती–३ बस्ने वर्ष २० का कासिकराज अमात्य र सोही मोटरसाइकलको पछाडी सवार कावासोती–३ बस्ने वर्ष २३ का खिमलाल कँडेल घाइते भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ