By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा एक करोड रुपैँयाको श्रमिक राहत कोष स्थापना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा एक करोड रुपैँयाको श्रमिक राहत कोष स्थापना
समाज

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा एक करोड रुपैँयाको श्रमिक राहत कोष स्थापना

साझासवाल
Last updated: February 11, 2024 8:03 am
साझासवाल
5 Min Read
Share

माघ २५, काठमाडौँ | प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ । 

मञ्चको पन्ध्रौँ बैठकले उक्त कोष सञ्चालनको लागि एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न लागि कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेबिया), शालिग्राम पन्त (बहराइन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेको समिति गठन गरेको छ । 

मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा फरबरीको १० र ११ गते मलेसियाको राजधानी कोललमपुरमा भएको १५ औँ बैठकले सो निर्णय गरेको हो  । बैठकले प्रवासी नेपालीलाई समस्या पर्दा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक/एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकले प्रवासी नेपाली मञ्च मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदा औद्योगिक दुर्घटना लगायत विविध कारणले मृत्युवरण गर्नुभएका श्रमिक नेपालीको मृत शरीरलाई निःशुल्क हवाई टिकटको व्यवस्था गरी नेपाल पठाउने, विविध कारणले अलपत्र परेका श्रमिक नेपालीहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल उद्धार गरिदिने, उपचार खर्चको अभावले पीडामा परेका श्रमिक नेपालीहरूलाई औषधोपचारको व्यवस्था गरिदिने, श्रमसम्बन्धी विविध कानुनी अप्ठ्यारोमा पर्नुभएका श्रमिक नेपालीहरूलाई निःशुल्क कानुनी सेवाको व्यवस्था गरिदिने लगायतका मानवीय कल्याणकारी सेवा प्रदान गर्दै आएकोमा प्रवासी नेपाली मञ्च मलेसियालाई धन्यवाद दिएको छ ।

बैठकले नेपालको संविधान २०७२ अनुसार गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन जारी भई नागरिकता वितरणको कामहरू भइरहेको सन्दर्भमा नेपाल सरकारले उक्त नागरिकता वितरणको लागि आवश्यक नियम, कानुन र कार्यविधिहरू बनाउन नसक्दा अस्पष्टता र अन्यौलता सृजना भई प्रवासी नेपालीले पीडा भोगिरहेको, गैरआवासीय नेपाली नागरिकतावाहकले नेपाल जाँदा भिसा लिनुपर्ने स्थिति बनेको, र गैरआवासीय नेपाली नागरिकतामा गरिएको नागरिक हकको सिमाबन्दिले नेपालीको जन्मसिद्ध अधिकारलाई नै कुण्ठित गरेको हुँदा नेपाली नागरिकताको निरन्तरता हुने गरी गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको  छ ।       

त्यस्तै प्रवासमा बसेका बालिग मताधिकार प्राप्त नेपालीहरूका लागि नेपालको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मतदान गर्न नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोग मार्फत वा इन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रमाणित मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कूटनीतिक नियोगमा प्रत्यक्ष वा विद्युतीय मतदान यन्त्रको माध्यमबाट मतदान गर्न पाउने गरी व्यवस्था गर्न बैठकले नेपाल सरकारसँग माग गरेको छ । 

बैठकले युद्धग्रस्त युक्रेन र रुसको सेनामा विभिन्न कारणले भर्ना भई जीवन जोखिममा पर्न गएका नेपाली युवाहरूको जीवन रक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न र नेपालमा उद्धार गर्न नेपाल सरकारसँग माग गरेको छ । 

मध्यपूर्वमा इजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धका कारण मृत्युवरमा पर्नुभएका नेपाली युवाहरूका पीडित परिवारलाई आर्थिक राहत स्वरूप जनही १ लाख ४० हजार र चार जना घाइतेलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैँयाका दरले दरले मञ्चले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म बेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको छ । 

गैरआवासीय नेपाली संघको प्रचलित विधान अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन गत १९ अक्टोबर २०२३ मा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएर विधिपूर्वक काम गरिरहेकोमा, नेपाल सरकारले उक्त कार्यसमितिलाई नेपालको परराष्ट्र मन्त्रालयमा अद्यावधिक गरिनुपर्नेमा कानुनी व्यवस्था बमोजिम नवीकरण नगरी विभिन्न बहानाबाजीमा आलटाल गरिरहेको जनाउँदै बैठकले बिना कुनै पूर्वाग्रह अविलम्ब सो समितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा नवीकरण गर्न बैठकले माग गरेको छ । 

नेपालको वर्तमान सरकार महँगी, भ्रष्टाचार, अनियमितता, तस्करी, हत्याहिंसा र कुशासनमा चुर्लुम्म डुबेकोले नेपालको अर्थतन्त्र दुरावस्थामा पुगेको बैठकले निष्कर्ष निकालेको छ । जसको परिणामस्वरुप नेपाली युवा शक्ति बिदेसिन बाध्य भएको बैठकको निष्कर्ष छ ।

सरकारले नेपाललाई विदेशी शक्तिहरूको क्रिडास्थल बनाई नेपालको सार्वभौमिकताको रक्षामा समेत खलल पुग्ने गरी गम्भीर परिस्थिति खडा गरेको बैठकको निचोड छ । नेपालको विकास निर्माणका कामहरूलाई अलपत्र पारी देश विकासको गतिलाई ठप्प बनाइएको परिस्थितिमा समृद्ध नेपाल, सुखी नेपालीको एउटै मात्र सङ्कल्प बोकेका नेपाली जनताको भावनालाई कदर गर्दै सोही अनुरूप काम गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने
Next Article तकियाले छोराछोरीको मुख छोपेर हत्या गरेपछि छतबाट हाम फालेकी थिइन् रविनाले
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

झापा - JPसमाज

झापामा लागुऔषधसहित दुई पक्राउ

57 years ago

सिद्धार्थ क्लबको सामाजिक लेखाजोखा सम्पन्न

57 years ago
बाँके - BNKसमाज

बाँकेमा निषेधाज्ञा जारी

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीका निजी स्वास्थ्य संस्था कानुनी दायरामा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?