२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लागूऔषधसहित ७ जना पक्राउ

२०८०, १ फाल्गुन मंगलवार ११:२३

फागुन १, काठमाडौँ | देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका टन् ।  कैलालीकाे गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १९ वर्षीय रमेश बडैलालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले बडैलाको घरको तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीकै धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया सिर्जना चौधरी रहेका   छन् । नशालु पदार्थ सेवन गरी एक जना ५५ वर्षीया महिलालाई उनीहरूले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

मोरङकाे बिराटनगर महानगरपालिका-१६ भट्टी मोड छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ३१ वर्षीया हेमा तामाङ र ४० वर्षीया मुना लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

बर्दियाकाे  बारबर्दिया नगरपालिका-४ बरबट्टा खेलमैदानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ७ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच थरीपुरी गाउँ पञ्चायत बस्ने २३ वर्षीय सुजीत कुमार र बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बानियाभार र बीओपी तारातालबाट खटिएको संयुक्त प्रहरीले युपी ४० एके १५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो