फागुन १, काठमाडौँ | राष्ट्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, काठमाडौँ | 
राष्ट्"/>
२०८३, २२ जेष्ठ शुक्रबार
राजनीति

२०४६ सालपछि नेपालको सबैभन्दा बहुआयामिक र सफल नेता प्रचण्ड : रवीन्द्र मिश्र

२०८०, १ फाल्गुन मंगलवार ११:१९

फागुन १, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २०४६ सालपछि नेपालको ‘सबैभन्दा बहुआयामिक र सफल नेता’ प्रधानमन्त्री प्रचण्ड भएको बताएका छन्। 

जनयुद्ध दिवसका दिन (फागुन १ गते) ११ वर्षअघि प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्ष्यमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहुआयामिक र सफल नेता प्रचण्ड हुन्।’

यसो भनेर उनले आफ्नो पोस्टमा प्रचण्डको प्रशंसा भने गरेका होइनन्। 

उनले अगाडि लेखेका छन्, ‘छिमेकीदेखि, अपवादलाई छोडेर, नेपाली नेता, बुद्धिजीवी, प्राज्ञ, पत्रकार र समाजको ठूलो हिस्सा ‍सबैलाई समयअनुसार लटरपटर पारिदिने क्षमता कसैमा छ भने त्यो प्रचण्डमै छ। कम्तीमा पनि गत २५ वर्षको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ।’

जनयुद्ध दिवसप्रति व्यंग्य गर्दै मिश्रले ‘प्रचण्ड दिवसुको शुभकामना!’ भनेका छन् भने  ‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटो मात्र भएको टिप्पणी गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डको आलोचनामा लामो स्टाटस लेखेका उनले भनेका छन्, ‘…फागुन १ गते कुन दिवस हो भनेर किन विवाद गर्नु! ९४ प्रतिशत सांसद र तिनलाई साथ दिनेहरूले फागुन १ गतेलाई ‘प्रचण्ड दिवस’ नै भनेर मनाए हुन्छ नि!’ प्रचण्डमार्गी सबैलाई प्रचण्ड दिवसको शुभकामना!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली