2026-06-16 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामान्य शल्यक्रिया गर्न भरतपुर अस्पताल पुगेकी सम्झनाको गयो ज्यान

२०८१ भाद्र ५, बुधवार

भदौ ५, काठमाडौँ । भरतपुर अस्पतालमा उपचारको लागि आएकी एक महिलाको ज्यान गएको छ । पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको हो ।

भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए ।

उनका आफन्तका अनुसार सम्झना सामान्य अवस्थामा अस्पताल पुगेकी थिइन् । उनको सामान्य शल्यक्रियाबाट मासु निकाल्न उपचारमा संलग्न डाक्टरले सुझाएका थिए ।


डाक्टरको सुझाव अनुसार हिजो मंगलबार अस्पताल भर्ना भएकी काफ्लेको उपचार भएको थियो । भरतपुर अस्पतालका स्त्री तथा प्रसूती चिकित्सा विभागका प्रमुख वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सुनिलमणी पोखरेलका अनुसार सामान्य शल्यक्रिया गर्नुपर्ने भएपनि शल्यक्रिया थाल्नुअघि नै काफ्लेलाई समस्या आएको थियो ।

उपचारमा संलग्न डाक्टरहरुलाई उद्धृत गर्दै विभागीय प्रमुख डाक्टर पोखरेलले ढाड भन्दा तल लठ्याउने औषधि (एनेस्थेसिया) लगाएलगत्तै काफ्लेको मुटुमा समस्या आएको बताए ।

डाक्टर पोखरेलले भने, – उपचार थाल्नुअघि नर्मल अवस्थामा बिरामी रहिछन् । तर, एनेस्थेसिया दिएलगत्तै एक्कासी बिरामीलाई हर्टअट्याक्ट जस्तो आएछ । अप्रेशन सुरु गर्नै पाएका थिएनौँ । तत्कालै बिरामीलाई आइसियूमा सारियो । सुरुमा केही राम्रो जस्तो पनि भएको थियो । तर, राती मुटुले कामै गर्न सकेन ।’

डाक्टर पोखरेलका अनुसार यस्तो खालको एनेस्थेसिया रियाक्सन मुटु सामान्य रहेका व्यक्तिलाई हुनु दुर्लभ घटना हो । दैनिक ५/७ जनालाई एनेस्थेसिया लगाएर शल्यक्रिया गर्दा पनि मुटुमा एक्कासी समस्या हुने अवस्था आफूलाई थाहा नभएको उनले बताए । यस्तो घटना हजारमा एक जनालाई हुन्छ भनिन्छ, उनले भने, – यो पनि त्यस्तै भयो ।

उनका अनुसार पाठेघरमा नचिरीकन दुरबीनको सहायताले पलाएको मासुको डल्लो निकाल्ने तयारी गरिएको थियो । अहिले सामान्य खालको पाठेघरबाट मासु निकाल्ने शल्यक्रिया यसैगरि गरिन्छ । तर, एनेस्थेसियाले रियाक्सन गरेर मुटुमा समस्या भएपछि उपचार प्रकृया सुरु गर्नै नपाएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तर, परिवारका सदस्यले भने नर्मल अवस्थामा उपचारको लागि आएको बिरामीलाई चिकित्सकको लापरबाहीले गर्दा ज्यान गएको आरोप लगाएका छन् ।

आफन्तले चिकित्सको लापरबाहीको आरोप लगाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा अस्पतालका पदाधिकारी, आफन्त, चिकित्सक लगायतको टोलीको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते