२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा लाखौं मूल्यको एकदर्जन सुँगुर चोरी

२०८१, २८ बैशाख शुक्रबार ०८:०६

बैशाख २८, रौतहट | रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एकदर्जन सुँगुर चोरी भएको छ। गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एकदर्जन सुँगुर चोरी लागेका हुन्। श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराती मदिरा सहितको भोजको आयोजना गरिएको थियो।


आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए। मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुर्इवटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन्। आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन्। 

चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका छन तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन्।चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताएका छन।

यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिसकेको उनले जानकारी दिएकि छिन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने