२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मजातै बांगिएको नाक सोझ्याउन जाँदा मृत्यु, ओम अस्पताल तनावमा

२०७४, २९ भाद्र बिहीबार ०६:५५

भदौ २९, काठमाडौँ | घटना निकै नाम चलेको काठमाडौँकै चाबहिलमा रहेको ओम अस्पतालको हो ।  जन्मजातै बांगिएको नाक सोझ्याउन भनि ४ दिनदेखि अस्पताल भर्ना भएकी बुटवलकि ४० वर्षीया कमला भट्टराईको अनाहकमा मृत्यु भएको छ । 

मात्र नाक बांगीएको थियो, नदुखेको थियो नत कुनै समस्या नै थियो । नाक सोझ्याउन भनि अस्पतालमा बुझ्न जाँदा सामान्य अप्रेशन गरेपछी नाक सोझिन्छ भने पछी नाकको अप्रेशन गरियो तर नतिजा सोच्दै नसोचेको आयो — मृत्यु ! 

काठमाडौँको चाबहिल स्थित ओम अस्पतालमा नाकको सामान्य शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल फेरी तनावमा फसेको छ । सामान्य भन्दै सल्यक्रिया गरिएको तर अहिले त्यसकै कारण भट्टराईको मृत्यु भएपछी अस्पताल जिम्मेवार भन्दै आफन्तहरुले अस्पतालमै नाराबाजी गरेका थिए । 

समस्या थियो नाकको कुर्कुर हाडमा । त्यो पनि नदुखेको थियो नत कुनै समस्यानै । मात्र बांगीएको कारण श्रीमतीको नाक देखाउन कमलाका श्रीमान् वसन्त भट्टराई अस्पताल पुगेका थिए । उनलाई नाक सोझ्याउनुपर्ने भन्दै सामान्य अप्रेशन गर्नुपर्ने अस्पतालले बतायो । बांगीएको नाक सामान्य अप्रेशनपछी सोझ्याउन सकिने भएपछी अप्रेशनको लागि ४ दिनदेखि ओममा भर्ना गरियो । कमलाको उपचार अस्पतालका नाक/कान/घाटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईंको संलग्नतामा रह्यो । अप्रेशन भयो तर बिरामीलाई बिभिन्न समस्याले च्याप्यो, नाकबाट रगत बग्न रोकिएन । बान्ता भईरह्यो । पिसाव समेत रोकियो । अनि परिणाम मृत्युमा गएर टुंगियो ।

उपचारमा लैजाँदा सामान्य अप्रेसन भन्ने अस्पतालको कुरा अहिले बिरामी मरेपछि फेरिएको छ । अस्पतालले अहिले भन्न थालेको छ – 'नाकको सामान्य अप्रेशन भएपनि संवेदनशिल हुन्छ, इन्फेक्सन हुन सक्छ र बिरामीनै मर्न पनि सक्छ ।' तर उपचार अघि कमला र उनका श्रीमानलाई अस्पतालले अप्रेशनपछी बिरामीको मृत्यु नै हुनसक्ने कुरा किन बताएन ?' उनका श्रीमान तथा आफन्तको एउटै प्रश्न छ । अस्पतालले अप्रेशन पछी बिभिन्न नाममा डेढ लाखको औषधि किन्न लगाएको समेत बताइएको छ । 

यसैको विरोध स्वरूप आज बिहिबार पनि ओम अस्पतालमा तनाव सृजना हुने देखिएको छ । मृतक भट्टराईका आफन्तले आज १ बजे ओम अस्पताल बिरुद्ध आन्दोलन गर्ने जानकारी दिएका छन्  । 

ओम अस्पतालमा यस्ता लापरवाहीको घटना हरेक महिनाजसो आउने गरेको छ । यसरी बारम्बार बिभिन्न घटना घट्दा पनि नियमन निकाय मौन बसेका छन् ।  

माथीको तश्विरमा: मृतक कमला अर्याल भट्टराई बायाँ र ओम अस्पताल बायाँ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ