२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर

२०८१, १३ असार बिहीबार ०९:३२

असार १३,  काठमाडौँ । बलिवुड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ ।

तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन् । यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन् । ८औं सिजनको र्यापिड फायर राउण्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन् । विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन् ।


हालै युट्युबर सुचित्रा त्यागीसँगको एक अन्तर्वार्तामा करण जोहरले कफी विथ करणको नयाँ सिजनको बारेमा कुरा गरेका छन् । अर्को सिजन कहिले आउँछ भन्ने प्रश्नमा उनले यो वर्ष शो नआउने बताए । उनले एक वर्षको विश्राम लिएर सन् २०२५ मा नयाँ ढंगले आउने बताएका छन् ।

कफी विथ करणको ८ औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए । कफी विथ करणको ८औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए ।

गत सिजनको बोरिङ र्‍यापिड फायरबारे उनले भने, ‘मलाई बिस्तारै मानिसले आफूलाई बन्दी बनाएको महसुस हुन थालेको छ । उनीहरु डराएको, मानिसहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर बोल्न हिच्किचाउन लागेको महसुस भएको छ । त्यसैले मलाई लाग्छ ती सेलिब्रेटीहरूसँग यो गर्नु हुँदैन । अब म शोलाई गपशप र कुराकानीले भरिपूर्ण बनाउन चाहन्छु ।'

करणले थप भने, ‘म शोलाई वास्तविक बनाउन चाहन्छु, अहिले मानिसहरु निकै खुलेर देखिएका छन् । मैले कार्यक्रममा क्रमबद्ध प्रश्नहरू राख्न पनि बन्द गरेको छु, किनकि मलाई लाग्छ कि यी अब उपयुक्त छैनन् । यो केही समयको लागि मात्र ठीक थियो । मानिसहरू रिसाउँछन् ।'

करणले रियालिटी शोमा उनको खिल्ली उडाएको भन्दै प्रतिक्रिया दिएका छन् । राम्रो हास्यव्यंग्यका साथ शो बनाउनुपर्ने उनको भनाइ छ । 

उनले आउदो शो सकेसम्म संवादात्मक बनाउने तथा सनसनीपूर्ण र विवादास्पद र्यापिड फायर नगर्ने बताएका छन् । 

करण जोहरले कुराकानीमा भनेका छन्, ‘आजकाल सेलिब्रेटीहरू आफ्नो पीआर, पब्लिसिस्ट, म्यानेजर र सम्पूर्ण टिमसँग आउँछन् । तिनीहरूले मनिटर हेर्छन् र उनीहरुले शोबाट केही न केही डिलिट गर्न माग गरिरहन्छन् ।'

करणको यो शो सेलिब्रेटीका अभिव्यक्तिका कारण सधै विवादमा रहिरहन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो