२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिशूलीमा हराएका २४ जनाको शव भेटियो, दुई जनाको शव भारतमा फेला (सूचीसहित)

२०८१, ४ श्रावण शुक्रबार १२:१०

साउन ४, काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव भेटाएको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको डीएसपी थापाले बताए ।

सनाखत भएका शवको विवरण :

१. ऋषिपाल शाह, भारत

२. विकाश परियार, चितवन

३.रमितकुमार माझी, सर्लाही

४. जयप्रकश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोककुमार यादव, रौतहट

१०.ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्रराम महरा, सर्लाही

१३. चन्द्रप्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

१५. तुल्सी दास, रौतहट यमुनामाई गाउँपालिका–५ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ