2026-06-28 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको गोरखनाथ मन्दिरको प्राण प्रतिष्ठा गरियो

मङ्सिर २१, हेटौडा । मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका वडा नंबर ७ मा गोरखनाथ
मन्दिरमा सोमबार एक समारोहकाबीच प्राण प्रतिष्ठा गरिएको छ । थाहा नगरको डाँडागाउँमा स्थापना भएको
गोरखनाथ मन्दिरको सोमबार एक समारोहकाबीच प्राण प्रतिष्ठा गरिएको हो ।

गोरखनाथ कल्याण केन्द्रका केन्द्रीय अध्यक्ष अनन्त खनालको उपस्थितीमा भएको प्राण प्रतिष्ठामा
मन्दिर निर्माण खटिनू भएका इन्जिनियर सरोज श्रेष्ठ, गोरखनाथ कल्यण केन्द्रका पदाअधिकारी, मन्दिर निर्माण
समितिका पदाअधिकारीहरु लगायतकाको सहभागिता रहेको थियो । डाँडागाउँमा मन्दिर निर्माण संगै यस क्षेत्रलाई
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान नै संचालन गरिने मन्दिर निर्माण समितिका अध्यक्ष
इन्द्रजंग खड्काले विश्वास व्यक्त गर्नुभयो । गोरखनाथ कल्याण केन्द्रका केन्द्रीय अध्यक्ष अनन्त खनालले
नेपालकै उत्तम भूमिको रुपमा थाहा नगर रहेको बताउनुभयो । मन्दिर शिखर शैलीको बनाइएको छ । मन्दिरको कुल
लागत १ करोड ३८ लाख ९५ हजार ४०२ रुपियाँ प्रारम्भिक अनुमान गरिएको भए पनि अहिलेसम्म करिब एक करोड भन्दा
बढि खर्च भइसकेको निर्माण समितिका राजाराम कार्कीले बताउनुभयो । मन्दिर ५४ फिट उचाइको छ । मौलिक झल्को
सहित साना ४ वटा गजुर रहेकाछन् । मन्दिरको गर्भगृह ९ फिट वर्गाकारको रहेको छ । मन्दिर भित्रैबाट
परिक्रमा गर्नको लागि ४ फिटको परिसर निर्माण गरिएको छ ।

चारै
दिशाबाट दर्शन गर्न सकिने गरी मौलिक ढाँचाको ४ वटा ढोका रहेकाछन् । थाहा नगरमा स्थापना गरिएको गोरखनाथको
मन्दिर पवित्रताको हिसाबले विश्वमा पहिलो भएको समितिको दाबी छ । नेत्र खुलेको गोरखनाथको मुर्ति
प्रतिस्थापन गरिएकोले यसको महत्व झन धेरै हुने गोरखनाथ कल्याण केन्द्र मकवानपुरका अध्यक्ष मनश्याम
बस्नेतले बताउनुभयो । मन्दिर परिसरमा ध्यान गृह, विवाह, ब्रतवन्ध, होमादि शुभकार्यका लागि आवश्यक
व्यवस्था गरिने गोरखनाथ कल्याण केन्द्रको योजना रहेको छ । मन्दिरका लागि तयार पारिएको प्रस्तावनामा
दर्शनार्थीलाई आवासको सुविधा प्रदान नगरिने जनाइएको छ ।
गोरखनाथ कल्याण केन्द्रले तयार पारेको मन्दिर
निर्माण योजना अनुसार ‘मन्दिरको बाँयातर्फ हलको निर्माण गरिनेछ, सो हलमा शुभ सामाजिक कार्य गर्न तथा
चौरासी पुजाहरु गर्नका लागि प्रबन्ध मिलाइने छ ।’ मन्दिरमा हुने दर्शनार्थीको सवारी साधनलाई व्यस्थित
गर्नका लागि सुविधा सम्पन्न पार्किङको व्यवस्था गर्ने मन्दिर निर्माण समितिको भावी योजना छ । सुरक्षाको
लागि सुरक्षा चौकी नै निर्माण गरिने योजना पत्रमा उल्लेख छ । यसका लागि स्थानीय तथा जिल्ला सुरक्षा
निकायसंग सहकार्य गरिने योजना रहेको गोरखनाथ कल्याण केन्द्रका पुरुषोत्तम भट्टले बताउनुभयो । मन्दिर
वास्तुशास्त्रमा आधारित रहेर निर्माण गरिएको भट्टले बताउनुभयो । मन्दिरका लागि स्थानीय क्षेत्रबाट पनि
नगद तथा श्रमदान सहयोग जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी