Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २१ गते, राति १:१४ बजे
गोरखा - GRK

बालिका बलात्कार गर्ने एक युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंंसीर २१, गोरखा  / गोरखाको सौरपानी गाविस– ८
रञ्चोकस्थित गोठमा सुतीरहेकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय
सन्तबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङलाई
बारपाक– २ राङरुङको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी आइतबार जिल्ला प्रहरी
कार्यालयमा ल्याएको छ । जिल्ला अदालत गोरखाबाट आइतबार नै पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको
प्रहरी निरीक्षक शङ्कर आचार्यले बताए।

गुरुङले गत मङ्सिर १५
गते राति गाउँ नजिकैको गोठमा सुतिरहेकी ती बालिकाको मुखमा रुमाल कोचेर बलात्कार गरेको प्रहरीले
अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरीले गुरुङविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ