सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भिर छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेका अनुसार विजौरी ६ निावसी २४ बर्षीया कमला वुढा, सोही ठाँउकै ३ वर्षीया वालिका जस्मिन वुढा, रामपुर ९ निवासी ३५ बर्षीय मुगा विक, मानपुर ९ निवासी ६४ बर्षीय खेमवहादुर हमाल, त्रिपुर ११ निवासी ४५ बर्षीय हिमवहादुर जिसी, तुलसीपुर ६ निवासी मोटरसाईकलमा सवार ३५ बर्षीया शोभा हमाल, त्रिपुर ५ निवासी २९ बर्षीया सुनिता खड्का,सल्यानको धनवाङ गाविस वडा नं. ७ निवासी २६ बर्षीय शिशिर गिरी, रुकुम खलाङ्गा ११ निवासी २० बर्षीया कमला वुढा रहेका छन् ।

अन्य सबैको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको भएपनि चारजना मध्ये मुगा बिक, बिकास बिक, भिमबहादुर जिसी र शिशिर गिरीलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते हुने अन्य यात्रुहरुमा रामपुर ९ निवासी ४३ बर्षीया सुन्तली बिक, सोही ठाँउ निवासी १३ बर्षीया सपना सुनार, सोही ठाँउकै ५५ बर्षीया बशन्ती विक, सोही ठाँउकै १८ बर्षीया सरीता विक, सोही ठाँउकै ७ बर्षीय विकास बिक घाईते भएको प्रहरीले बताएको छ ।

त्यस्तै उक्त दुर्घटनामा परि त्रिपुर ११ निवासी ३३ बर्षीया दना केसी,मोटरसाईकल चालक तुलसीपुर ६ निवासी ४५ बर्षीय विक्रमवहादुर हमाल सामान्य घाईते रहेको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । मंगलवार दिउँसो तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४०८ नम्मरको हायसले एउटै दिशातर्फ जाँदै गरेको रा ३ प २ नम्मरको मोटरसाईकलले वाटो काट्न खोज्दा त्यसलाई जोगाउने क्रममा हायस पल्टिन पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिए । मंगलवार बेलुका चार बजेतिर विजौरी ५ मैरहवा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि हायसमा सवार १४ जना र मोटरसाईलकमा सवाल थप दुई जना गरि कुल १६ जना घाईते भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । रजनालाई थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको भएपनि अन्य सबै घाईतेको यो खवर तयार पार्दा सम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । मंगलवार विहान तुलसीपुर १२ टरिगाँउमा भएको वस दुर्घटनामा ६ जना यात्रु घाईते भएका थिए ।