Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २६ गते, राति २:५६ बजे
कपिलवस्तु - KPL

लागू औषधसहित एक जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल बेल्बासे/मङ्सिर २६, कपिलवस्तु ।
कपिलबस्तुको तौलिहवाबाट लागू औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा कपिलस्तु नगरपालिका वडा नं. १ का ३८ वर्षीय राजेश कुमार शर्मा
रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मा उपर लागू औषध मुद्धामा म्याद थप गराई अनुसन्धान भैरहेको
जनाएको छ ।

पक्राउ परेका शर्माबाट स्पास्मो क्याप्सुल ४८,
नाईटेसन चक्की १५, कोरेक्स सि.सी. १, अल्पर्जोलम चक्की १ सय ५० वटा बरामद गरेका जनाएको छ ।

शर्मा उपर जिल्ला अदालतले थप अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले
जनाएको छ ।