Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २८ गते, बिहान ७:१९ बजे
नवलपुर - NWL

त्रिवेणी सामुदायिक टेलिभिजनद्धारा प्रजिअ मैनालीको बिदाई

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २८, नवलपरासी ।
त्रिवेणी सामुदायिक टेलिभिजनले सोमबार एक कार्यक्रमको आयोजना गरी नवलपरासीका प्रमुख जिल्ला
अधिकारी हरि प्रसाद मैनालीलाई बिदाई तथा अभिनन्दन गरेको छ । टेलिभिजनले टेलिभिजनमै एक कार्यक्रम गरी
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई बिदाई तथा अभिनन्दन गरेको हो ।

कार्यक्रममा प्रजिअ मैनालीले त्रिवेणी टेलिभिजनले यसक्षेत्रकै सन्तुलित रुपले आफ्ना
प्रशारण केन्द्रित गरेको उल्लेख गर्दै टेलिभिजनको प्रगतिका कामना गर्नुभएको थियो । कार्यक्रममा
टेलिभिजनका अध्यक्ष भोजराज ढकाल र कोषाध्यक्ष राजेन्द्र सुनारले मैनालीलाई बिदाई गर्नुभएको थियो

त्यस्तै कार्यक्रममा त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी
निर्देशक रवि पाण्डले नवलपरासी जिल्लाको समग्र विकास तथा शान्ति सुरक्षा संचारमाध्यम तथा त्रिवेणी
टेलिभिजनका लागि गरेका कार्यहरु माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नवलपरासीका प्रहरी उपरिक्षक नलप्रसाद उपाध्याय त्रिवेणी सामदायिक टेलिभिजनका
उपाध्यक्ष बोल्गा नेपाल,संचालक समिति सदस्य देवी प्रसाद अर्याल लगायत टेलिभिजनका कर्मचरी एंव
शुभेच्छुकहरुको समेत उपस्थिति रहेको थियो । त्यस्तै नवलपरासीका प्रमुख जिल्ला अधिकारी मैनालीको कास्की
सरुवा भएको छ भने नवलपरासी जिल्लाको प्रजिअमा गणेश कार्की आउनुहुने भएको छ ।