Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २८ गते, दिउँसो १२:०७ बजे
नवलपुर - NWL

नवलपरासीमा पनि आप्रवासी सप्ताह बिविध कार्यक्रम गरी मनाईंदै

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दयाराम आचार्य/
मंसिर २८, नवलपरासी ।
डिसेम्बर १८ तारिख अर्थात पुस ३ गते पर्ने आप्रवासी कामदार दिवस सरकारको
राष्ट्रिय कार्यक्रम अन्र्तगत नवलपरासीमा पनि यस क्षेत्रमा काम गर्ने हिकोडेफ ,ईन्दे्रणि सामुदायीक
बिकाश मञ्च लगाएत सरोकारवाला संघ सस्थाले सप्ताहव्यापीरुपमा जिल्लामा बिभिन्न कार्यक्रम गरी मनाउने भएका
छन ।

आज कावासोतीमा भएको यस क्षेत्रका क्रियाशिल पत्रकारहरु सगंको समन्वयात्मक बैठकमा सो कुराको
जानकारी दिईएको हो ।

साता ब्यापि कार्यक्रम अन्र्तगत आज शिवमन्दिर उच्चमावि कावासोतीमा बैदेशिक
रोजगारीका अवशर र चुनौति बिषयक जिल्ला स्तिरीय बक्तृत्वकला प्रतियोगिता ,आज र भोलि गरी दुईदिन मोटर
साईकल र्यालि सहित प्रतिवद्धता पत्रमा हस्ताक्षर ,पुस १ गते सुनवलमा मैत्रिपुर्ण फुटबल प्रतियोगिता,२
गते परासीमा आप्रवासनको प्रभाव तथा केसहरु लक्षित पत्रकार सम्मेलन र ३ गते अर्थात डिसेम्बर १८ तारिख
परासीमा चेतनामुलक र्यालि ,सभाको कार्यक्रम गर्ने बैठकमा जानकारी गराईएको थियो ।

nawalparasi

यस्तै बैठकमा हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले शुन्य लागतमा कामदार बिदेश
जान पाउने भए पनि अझै पनि यसको कार्यन्वय हुन नसकेको , बिदेश जाने नेपालि कामदार हरु बढि रकम तिरेर जान
बाध्य भएको र म्यानपावरले चर्को मुल्य लिएर ठगि गरीरहेको तर्फ लक्षित गर्दै यस तर्फ पत्रकारहरुलाई कलम
चलाउन आग्रह गर्नु भयो ।

। हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेको तथ्यांक छ ।
वैदेशिक रोजगार विभागका अनुसार २०५१/०५२ देखि ०७१÷०७२ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कुल
नेपालिहरुको संख्या करीब ४१ लाख पुगिसकेको छ ।

वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा
सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनेर संयुक्त
राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार
दिवसका रुपमा मनाउने गरिएको छ ।

हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितको अध्यक्षतामा भएको
समन्वयात्मक वैठकमा सामि परीयोजनाका उमा शर्मा,खगराज गौतम ,रञ्जना लम्साल लगाएत यस क्षेत्रका
पत्रकारहरुको उपस्थिति रहेको थियो ।